समाचार

प्रक्रियाअनुसार चिकित्सा विधेयक अघि बढ्छ : सचेतक गुरुङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विधेयक सरकार र प्रा डा. गोविन्द केसीबीच भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्को निर्णयबाट सदनमा प्रवेश हुने जानकारी दिए ।

विधेयकमा के के संशोधन हाल्ने भन्ने कुरा सरकारमार्फत आएपछि संशोधनको प्रक्रियाबाट अघि बढ्ने उनले बताए ।
आइतबार सैद्धान्तिक छलफल हुने र त्यसपछि ७२ घण्टे संशोधनको प्रक्रिया शुरु हुने जानकारी गराउँदै उनले उक्त अवधिमा सहमतिअनुसारका संशोधनका बारेमा छलफल हुने बताए ।