लुम्बिनी

निःशुल्क रुपमा पाँच सय रुद्राक्षका बिरुवा वितरण

दाङ । लमही नगरपालिकाले वडा नंं ३ का स्थानीय तथा संघसंस्थालाई निःशुल्क रुपमा पाँच सय रुद्राक्षका बिरुवा वितरण गरेको छ ।

इलाका वन कार्यालय लमहीको सहयोगमा तथा लमही नगरपालिकाको आयोजनामा सो बिरुवा वितरण गरिएको वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिए ।

प्रत्येक घर परिवारलाई दुईवटा र शैक्षिक संघसंस्थालाई पाँच वटाका दरले बिरुवा वितरण गरेको पनि उनले जानकारी दिए ।