समाचार

धोएर आएको ट्रकसंग ठोक्किदा भएको बस दुर्घटनामा ५ को मृत्यु, दुई दर्जन घाईते

भरतपुर । काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई दर्जन घाईते भएका छन् । काठमाण्डौबाट पोखरातर्फ तीब्रगतीमा जाँदै गरेको ना ६ ख २५०६ नम्मरको बस दुघर्टना हुंदा मानिसहरुको मृत्यु भएके हो ।

काठमाण्डौबाट पोखरातर्फ ईच्छाकमना गाउपालिका ३ तुम्लिगंटारमा पुग्दा ना ५ ख ७४०९ नम्बरको खोलाबाट धोएर निस्केको ट्रकसंग जुधेपछि बस एक्कासी धेरै गहिराईमा खसेको चितवन प्रहरीले बताएको छ । चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पताल लगेर उपचार गर्न शसस्त्र प्रहरी र नेपाल प्रहरी सकृय रहेको जनाईएको छ । प्रत्यक्षदर्शीका अनुसार मृत्यष्ुहुनेको संख्या अझ बढ्न सक्छ ।

दुंघटनाम भएको क्षेत्र सडक बिभागको दुर्घटाग्रस्त क्षेत्रभित्र पर्दछ ।