राजनीति

डिएलएको अधिवेशनमा पौडेल र सिटौला फुटाउने रणनीतमा देखिए देउवा

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था डेमोक्रेटिक लयर्स एसोसिएसनको निर्बाचन नवलपरासीमा हुंदैछ । शिक्षक यूनियन, ट्रेड यूनियन लगायतका भातृसंस्थामा शेरबहादुर देउवाको समूहबाट बरिष्ठ नेता रामचनद्र पौडेलको समूहमा मिलेर संसथापनलाई हराउन सफल भएका पूर्ब महामनत्री कृष्ण प्रसाद सिटौला भने पछिल्लो समयमा आफूनो समूहले अध्यक्षमा उमेर्द्वारी पाउनुपर्ने अडानका कारण उक्त समूह फुटेको छ । भातृसंस्थाहरुमा आफ्नो उपस्थिती घट्न थालेको महशुस गर्न थालेको सभापति देउवा समूहले आफ्नो समूहको उमेर्द्वारी घोषणा गरिनसकेको अवस्था र रामचन्द्र पौडेल समूहले सीताराम केसी र कृष्ण सिटौला समूहले योगेन्द्र अधिकारीलाई क्रमस अध्यक्षको उमेर्द्वार घोषणा गरिसकेको अवस्थामा डिएलएको अधिवेशनको नतिजा फरक रुपमा देखिने संकेत देखिएको छ ।

यसभन्दा अगाडी पुटबल महाधिवेशनमा बिबाद भएर दुईवटा कसमिटी गठन भएपनि पछि दुबै कमिटीलाई मिलाएर एक बनाएपछिको यो पहिलो डिएलए अधिवेशन हो । सभापति देउवा पक्षले रामचन्द्र पौडेल र सिटौलालाई फटाउने रणनीतिमा लागेको र उनीहरु नफुटेमा कमजोर ब्यक्तीलाई उमेर्द्वारी दिन लगाउने रणनीतिमा रहेको स्रोतको दाबी छ । देउवा पक्ष कुनेपनि हालतमा पछिल्लो समयमा बलियो हुंदै गएका पौडेल सिटौला समूहलाई फुटाउने रणन्ीतिमा लागेको छ त्यो सफल हुन दिन्नौ पौडेल पक्षका एक केन्द्रय सदस्यले नाम नभन्ने शर्तमा सुर्यखबरलाई भने ।

देउवा पक्षका नेताहरु भने पार्टीमा समूहलाई हटाउन र एकढिक्का बनाउने उद्यदेश्यले आफ्नो समूहले उमेर्द्वारी नदिन सक्ने सम्भाबना रहेको बताउछन् । यदी पौडेल र सिटौलाले छुट्टै उमेर्वार तयार गरेमा भने सभापति देउवा पक्षले दह्रो उमेर्द्वार तयारी गरी आफ्नो समूहलाई विजय गराउने संकेत दिएको छ । डिएलएको अधिवेशन टीका लगाएर भन्दा निर्बाचन नै गरेर नेतृत्व चुनिनु पर्ने बिचार डिएलएका पूर्ब बरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद आचार्यले बताए । आचार्य बरिष्ठ अधिवक्ता समेत हुन् ।