मनोरञ्जन

बलियुडको अफरपछि प्रियंकाले छोडिन् ‘भारत’

काठमाण्डौ । प्रियंका चोपडा हलिउड प्रवेश गरे पछि उनका फ्यानहरु उनलाई बलिउड फिल्ममा हेर्न आतुर थिए । राम्रो विषय वस्तु र राम्रो टिमको प्रतिक्षामा रहेकी उनी अन्ततः सलमान खान सँग फिल्म भारत मा बलिउडमा कमब्याक गर्ने पक्का भएपछि फिल्मले बक्स अफिसमा तहल्का पिट्ने र फ्यानहरुको मन जित्ने अनुमान गरेका थिए ।

तर पछिल्ला रिर्पोटहरुका अनुसार प्रियंकाले “भारत” फिल्मबाट हात झिकेका खबरहरु आइरहेका छन् । जबकी फिल्मको सुट्टिङ्ग समेत शुरु भैसकेको छ । स्रोतका अनुसार प्रियंकाले फिल्मबाट हात झिक्नुको मुख्य कारण ब्वाइफ्रेण्ड निक जोनस सँग उनको बिहे बताइएको छ । निक र प्रियंका छिट्टै वैवाहिक सम्बन्धमा गाँसिने कुरो विहीबार मात्रै तय भए लगत्तै प्रियंकाले “भारत” बाट हात झिक्ने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

अलि अब्बास जफरको निर्देशन रहने फिल्म भारतको सुट्टिङ्गका लागि निकै खर्चसमेत भैसकेको छ । अब प्रियंकाको फिल्म छोड्ने निर्णयलाई भारतका मुख्य अभिनेता र प्रियंकाका निकै राम्रा साथीसमेत मानिएका सलमान खानले कस्तो प्रतिक्रिया दिनेछन् हेर्न बाँकी रहेको छ तर प्रियंकाले भारत छाड्ने भएपछि अभिनेता सल्मनखान तड्पीएको समाचार छ । । एजेन्सी