राजनीति

काँग्रेस ओली सरकार बिरुद्ध यसरी बन्दैछ दिनदिनै आक्रमक

काठमाण्डौ । नेपाली कांग्रेसले श्रावण १५ गते हुने देशभरको बिरोध प्रदर्शनलाई सार्थकता दिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा आज पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पार्टी पदाधिकारी, काठमाण्डौ उपत्यकाका ३ जिल्लाका सभापति र पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका नेतृत्वको विषेश वैठक वैठककले अधिनायकवाद उन्मुख सरकार विरुद्धमा जारी विरोध कार्यक्रमको समिक्षा गर्दै साथै, श्रावण १५ गतेको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन ऐक्यवद्ध ढंगले प्रस्तुत हुने निर्णय गरेको छ ।

भातृ तथा शुभेच्छुक संस्थाहरुले मातहतका ७७ वटै जिल्लाका समितिहरुलाई सो दिनको विरोध प्रदर्शनमा व्यापक सहभागिता जनाउनका लागि आजैदेखि परिचालन गर्ने निर्णय समेत भेलाले गरेको छ ।
पछिल्लो समयमा नेपाली काँग्रेस ओली सरकारबिरुद्ध दिनदिनै आक्रमक बनदै गएको छ ।