समाचार

प्रधानमन्त्रीको पहलमा मन्त्रिपरिषद बैठक आजदेखि पेपरलेस !

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार स्वचालित प्रणाली सुरु भएको छ । बिहिबारदेखि मन्त्रिपरिषद् बैठक पेपरलेस बैठकमा परिवर्तन भएको हो ।

आजदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।