समाचार

नेपाली सेनाद्वारा पहिरो पीडितको उद्धार

काठमाडौं । अविरल बर्षाको कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २, टिमुरेमा पहिरो जाँदा गेष्टहाउस १, प्रहरी चेकपोष्ट १ र अस्थायी टहरामा सञ्चालित होटल २ वटा पुरिएकोले खोज तथा उद्धार कार्यको लागि मिति २०७५ श्रावण १० गते नेपाली सेनाको कालीजंग गणको टिमुरे सुरक्षा बेशबाट फौज परिचालन भएको छ ।

उक्त पहिरोमा परी हराईरहेका व्यक्तिहरुको खोजी तथा उद्धारको क्रममा सेनाको उद्धार टोलीले १२ जनाको शकुसल उद्धार गर्नुको साथै ८ जनाको शव निकाल्ने कार्य गरेको छ । उक्त उद्धार टोलीले हाल २ वटा स्काभेटरको सहयोगमा पहिरो हटाई बेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धारको कार्य गरी रहेको छ ।