शिक्षा

नबिना लामा गुण्डा प्रबृतिकी र बौद्धिक क्षमता नभएकी मान्छे हुन् – भाईब्रेन्ट

काठमाण्डौ । एमबिबिएस तयारी कक्षा संचालन गरेर काठमाण्डौमा नाम कमाएका नेम, भाईब्रेन्ट पछिल्लो समयमा बिबादमा आएका छन् । गोबिन्द केसीको अनशनको समर्थनमा काठमाण्डौमा निकालिएको प्रबुद्ध बर्गहरुको प्रदर्शनमा आफ्ना बिद्यार्थीहरुलाई सहभागी गराएइको भन्दै उक्त तयारी कक्षा ईन्सटिच्युटहरु बिबादमा आएका थिए ।

नेकपा एमालेको भातृसंस्था अखिल (हाल नेकपा) की अध्यक्ष नबिना लामाले उनीहरुले त्यसरी गोबिन्द केसीको समर्थनमा निकालिएको प्रदर्शनमा बिद्यार्थी पाठाउने कलेजहरुलाई कारबाही गर्नुपर्छ भनेर आवाज नै उठाएकी थिईन् ।

उक्त नबिना लामाले गोबिन्द केसीको आन्दोलनलाई साथ दिन तपाईहरुले बिद्यार्थी पठाउनुभयो भन्ने समाचार आएको थियो नि ? भन्ने  र बिद्यार्थी पठाएको बारे बुझ्न खोज्दा भाईब्रेन्टका प्रशाशकीय अधिकृत बिबेक पौडेलले नबिना लामा गुण्डालाई संरक्षण गर्ने प्रबृति भएकी र बौद्धिक क्षमता नभएकी हुन् उनले काहाँ के बोलिन मत्लब नहुने बताए ।

पौडेलले भने हामीले त्यसरी संस्थागतरुपमा त्यस्ता  कुनैपनि पार्टीका आन्दोलनमा बिद्यार्थीहरु पठाउदैनौ, कोही आफूखुुसी जान्छन् भने मैले भन्ने कुरा भएन ।

तपाईले बिद्यार्थी पठाएको भिडियो नै छ नि तपाईका कोही शिक्षककको नेतृत्वमा त्यँहा बिद्यार्थी पठाईएको भन्ने छ नि ? भन्ने प्रश्नमा उनले आफूहरुले त्यस्तो नगरेको र कतै प्रमाण भेटीए कर्मचारीलाई समेत आन्तरिक  कारबाही गर्ने बताए ।

नेममा हाम्रा प्रतिनिधि जाँदा संचालक डा. नबिन शर्मा भेटिएनन् कर्मचारीहरु शिक्षक सेवा आयोगको तयारी कक्षाका लागी बिद्यार्थीहरुलाई भर्ना गराउन ब्यस्त भएकाले बोलेनन् ।
उनीहरुले प्रति बिद्यार्थी १०, ११ र १२ हजार लिएर लोकसेवा, एमबएबीएस तयारी कक्षा संचालन कार्यक्रम संचालन गरिरहेका छन् ।