राजनीति

नेता शाहको ठोकुवाः यो सरकारले समृद्धि ल्याउन सक्दैन, देश समृद्ध बनाउन कांग्रेस चाहिन्छ

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषि केश जंग शाहले कम्युनिस्ट अधिनायकवाद बिरुद्ध कांग्रेसले देश भर प्रतिकार गर्ने बताएका छन् । एक्मि इन्जिनियर क्याम्पसले आयोजना गरेको मिनि वल्डकप समापन कार्यक्रममा आफ्नो धारणा राख्दै शाहले यस्तो बताएका हुन् ।

सरकारले लोकतन्त्रको मुल्यमान्यता भुलेर अधिनायकवाद ल्याउन खोजेको र त्यो कांग्रेस लगायत आम जनतालाई स्विकार्य नहुने उनको तर्क थियो । सरकारले त्यही संबिधानमा टेकेर चुनाव जितेको र अहिले त्यही संबिधानलाई भुल्न नहुने उनले बताए ।

सरकारका विभिन्न गतिविधि हेर्दा यो सरकारले देशलाई समृद्धि तर्फ नलाने पनि ठोकुवा गरे । नेपाल समृद्ध बनाउन कांग्रेस चाहिने र त्यसका लागि आगामी चुनावमा कांग्रेसलाई जिताउने नेबि संघले दस लाख नया कार्यकर्ता थप्न महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने शाहको जिकिर थियो ।