मनोरञ्जन

हेर्नैपर्ने नेपाली लघु चलचित्र ‘पाईला परीवर्तनको’ रिलिज (भिडियोसहित)

काठमाडौं । एउटा हेर्नैपर्ने नेपाली लघु चलचित्र ‘पाईला परीवर्तनको’ सार्बजनिक गरिएको छ । एक जातिय विभेद सम्बन्धी जनचेतनामुलक चलचित्र देश प्रदेश मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

रविन तामाङ्को निर्देशनमा बनेको चलचित्रको सम्पादन र छायांकन भने नरोत्तम पाण्डेले गरेका हुन् । केही दिन अगाडी मात्रै सार्वजनिक भएको उक्त चलचित्रमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अन्तर जातिय प्रेमको वरीपरी रहेर निर्माण गरीएको चलचित्रमा अहिलेको पुस्ता बिस्तारै जातिय बिभेदको अन्त्यको लागी अग्रसर भईरहेको बिषयलाई प्रस्तुत गरीएको छ । चलचित्रमा बिबश ठगुन्ना, सबु तामांग, गुरु लामा कार्की र दीपेश श्रेष्ठको अभिनयलाई देख्न सकिन्छ ।

देश परदेश मिडियाले बिभिन्न सामाजीक विषयबस्तुमा जनचेतना मुलक लघु चलचित्र बनाईदै आएको छ ।

 

https://youtu.be/xyxclynV9b8