पु.समाचार

गोविन्द केसीका समर्थकका लागि बालुवाटारबाट आयो खुसीको बहार

काठमाडौं । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अनसन अन्ततः बिहिबार तोडिने भएको छ । केसी पक्ष र सरकारबीचको वार्ताले सकारात्मक निचोड लिएपछि अनसन तोडिने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारीटोली र केसी पक्षबीच मुख्य बिषयमा सहमती जुटेको छ ।

वार्ताका मुख्य पहलकर्ता नेकपाका उपनेता सुवास चन्द्र नेम्वाङका अनुसार केसीको अनसन आजै तोडिने भएको छ । दुवै पक्षमा सहमतीमा हस्ताक्षर गरिसकेका छन् । केसीलाई अनसन तोडाउन उपनेता नेम्वाङ र प्राडा केदारभक्त माथेमा लगायत टोली त्रिवि शिक्षण अस्पताल जाने स्रोतले बताएको छ।