राजनीति

मेडिकल माफ़िया पानी जहाजमा, डा. केसी दिन गन्तिमाः नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले जनतालाई गोली र लाठीको प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले बिहिबार एक स्टाटस लेख्दैँ वर्तमान सरकारलाई व्यङ्ग्यपूर्ण चेतावनी दिएका हुन् ।

नेता भण्डारीले सरकारले नागरिकमाथि दमन गर्दै गए पानी जहाज चढेर भाग्न नसकिने भन्दै व्यङ्ग गरेका छन् ।

यस्तो छ नेता भण्डारीको फेसबुक स्टाटस:-
मेडिकल माफ़िया पानी जहाजमा || डा केसी दिन गन्तिमा ||
पार्टीगत रुपमा जसले जसलाई औंला ठडाए पनि सिमित व्यक्ति, परिवार एवम् गिरोहका लागि नेपाल भ्रष्टाचार एवम् तस्करीमा फँसी सकेको छ। अब ड्रग्स तर्फ प्रवेश गर्दै छ ।

अझ राजनैतिक भष्ट्राचारले त चूली नै नागी सक्यो । न्यायको लागी व्यवस्था गरिएको समानुपातिक प्रणाली अन्याय र व्यापार भयो । पदहरु बिक्रिका वस्तु बने । नेताहरुको एक सुत्रीय एजेण्डा सम्पत्ति कमाउँ, जनतालाई केवल भाषण । इन्द्रियहरुमा नियन्त्रण छैन, छाडातन्त्र । पार्टीगत रुपमा जनता विभाजित ।

यस्तो अवस्थामा सत्याग्रही भएर जनता संग सम्बन्धित आफ्ना माँग पूरा गराउन डा. गोविन्द केसीले जिवनको अन्तिम समय गन्दै हुनुहुन्छ । तसर्थ वर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नो मुफ्त ज़िन्दगीको सही सदुपयोगको लागी मेडिकल माफियाबाट बाहिर निस्कन पर्दछ ।

सुशिल कोईरालालाई बिरामी हुँदा राज्यले लगानी गर्यो उहाँले नेपाली लाई संविधान दिन नेतृत्व गर्नु भयो । ओली जी तपाईलाई राज्यले लगानी गरी बचाएको छ तसर्थ तपाई ले नेपाली जनतालाई सुलभ गुणात्मक शिक्षा, स्वास्थ्य को पहुँच र भष्ट्राचारको अन्तको नेतृत्व गर्नु पर्दछ । विगतमा तपाईंहरुले थापेका दुकानहरु धेरै महङ्गा थिए। सरकारले जनतालाई गोली र लाठीको प्रयोग नगर पानी जहाज चढेर निस्कन सकिदैन ।