बाग्मती

नेविसंघ काठमाडौं उपत्यका संयोजकको जिम्मेवारी न्यौपानेलाई

काठमाडौ । नेपाल विद्यार्थी संघको विधान वमोजिम नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समिति काठमाडौं उपत्यकाको संयोजकको जिम्मेवारी केयुर न्यौपानेलाई दिईएको छ । नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७३ को धारा ६ अनुसार उनलाई उक्त जिम्मेवारी दिईएको हो ।

नेपाल विद्यार्थी संघले विज्ञप्तीमार्फत न्यौपानेलाई संयोजकको जिम्मेवारी दिईएको जानकारी दिएको हो ।

संयोजक नवराज त्रिपाठीले उनलाई यस पदमा मनोनयन गरेका हुन् । न्यौपाने लामो समयदेखि नेपाल विद्यार्थी संघको राजनितीमा सक्रिय छन् । नेविसंघकले उनको सफल कार्यकालको शुभेच्छा समेत विज्ञप्तीमार्फत प्रकट गरेको छ । नेविसंघकले उनको सफल कार्यकालको शुभेच्छा समेत विज्ञप्तीमार्फत प्रकट गरेको छ ।