समाचार

प्रधानमन्त्री ओली र गोविन्द केसीबीच मध्यरातमा वार्ता भएको खुलासा

काडमाडौं । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको छ । मंगलबार केसी रर सरकारबीचको संवादहीनता तोडिएको हो । बुधबार पनि वार्ता सफल हुन सकेन । बिहिबार निष्कर्षमा पुग्ने गरी वार्ता सुरु गरिएको सरकारी स्रोतले बताएको छ ।

सरकारले केसीका मागप्रति उदासिनता देखिएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतमा वार्ता सुरु भएको छ । आज ठोस निष्कर्ष निक्लिने गरी वार्ता सुरु भएको बताईएको छ । बुधबार राति प्रधानमन्त्री ओलीले डा केसी पक्षलाई प्रधानमन्त्री निवासमै बोलाएर केसीका मागमा छलफल गरेका थिए । छलफलपछि केसी पक्ष पनि आज वार्ताका लागि तयार भएको थियो ।

आजको वार्ताबाट निचोड आउने  प्रचुर सम्भावना छ ।