खेलकुद

खेलाडीलाई सम्मान

काठमाडौँ । प्रगतिवादी युवा समाज नेपालले मुलुकको खेलकूदका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका १२ खेलाडीलाई यही साउन ११ गते सम्मान गर्ने भएको छ ।

समाजले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई पदक दिलाएर राष्ट्रको गरिमा बढाउन सफल पूर्व खेलाडीलाई सम्मान गर्न लागिएको जनाएको हो ।

तेक्वान्दोका पूर्व राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान विनोददास, बक्सिङका दीपक महर्जन, महिला क्रिकेटकी ममता चौधरीलगायत सम्मानित हुने भएका छन् ।

यसैबीच उक्त समाजले नेपालको मौलिक खेल बाघचाल प्रवद्र्धन गर्न पहिलो पटक राष्ट्रिय बाघचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही साउन ११ र १२ गते काठमाडौँमा हुने उक्त प्रतियोगितामा सात वटै प्रदेश तथा देशका विभिन्न भागमा अवस्थित विद्यालय र उच्च माध्यमिक विद्यालयका गरी १०० खेलाडीले भाग लिने बताइको छ ।