समाचार

गोविन्द केसी अनसनरत अस्पतालको मुलगेटमै झडप, दर्जन बढी डाक्टर पक्राउ

काठमाडौं । अनसनरत डा गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालको मुल गेटमै धर्ना दिएका छन् ।

विद्यार्थी र चिकित्सकहरुले आयोजना गरेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको बृहत र्‍यालीमा प्रहरीले अवरोध खडा गरेपछि चिकित्सकहरुले मुलगेटमै धर्ना थालेका हुन् ।

अस्पताल आवागनमन समेत समस्या देखिएको छ । प्रहरीले मुख्य गेटमै पद यात्रापछि एम्बुलेन्स तथा विरामी भित्रिन बाहिरिन समस्या भएको छ ।

सुरुवातमा विरोधस्वरूप प्रतिकात्मक रुपमा प्रयोग गरिएको चिन्ह प्रति आपत्ति जनाउँदै सुरक्षाकर्मीले उनीहरुलाई रोकेको थियो ।

यसैबीच, प्रहरीले दर्जन बढी चिकित्सकलाई पक्राउ गरेको छ ।