प्रदेश 2

पत्रकार खतिवडाको निधनप्रति दुःख व्यक्त

राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको असामायिक मृत्युप्रति दुख व्यक्त गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर यादवद्वारा आज जारी विज्ञप्तिमा माइक्रो बस दुर्घटनामा परी राजविराज–७ निवासी ७२ वर्षीय वरिष्ठ पत्रकार खतिवडाको मृत्युप्रति दुःख व्यक्त गरिएको हो । उपचारको क्रममा पत्रकार खातिवडाको बुधबार निधन भएको थियो ।

पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा रहेर सप्तरीको पत्रकारिताको विकासमा उनले पु¥याएको योगदान एवं अभिभावकत्व स्मरणीय रहेको भन्दै महासंघ सप्तरीले शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी कामना गरेको छ ।

यस्तै प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको सवारी दुर्घटनामा परी मृत्यु भएको दुःखद् खबरले स्तब्ध तुल्याएको बताएका छन् ।

प्रदेशसभा सदस्य न्यौपानेद्वारा बुधबार जारी विज्ञप्तिमा प्रेस चौतारी नेपालका संस्थापकसमेत रहेका खतिवडाले लोकतान्त्रिक र बामपन्थी आन्दोलनमा पु¥याएका योगदान अविस्मरणीय भएको उल्लेख गरेका छन् । स्व खतिवडाका पत्नी राधा देवी खतिवडा, छोरा गिरिन्द्रराम खतिवडा र दुई छोरी हुन् ।