समाचार

बहुचर्चित सुन काण्डका अनुसंधाकर्तासहित देशभरका सिडिओहरु सरुवा, तस्करीका घटना प्रभाबित हुन सक्ने

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको देशभर व्यापक सरुवा गरेको छ । बुधबार गृहले लगभग सबै जिल्लाका प्रमुखहरुको सरुवा गरेको हो । राजधानी समेत रहेको काठमाडौंको सिडिओमा रामप्रसाद आचार्य आएका छन् ।

पछिल्लो समय चर्चामा रहेको सुनकाण्डमा कमाण्डो गरिरहेका गृह सहसचिव ईश्वर पौडेललाई अध्यागमन विभागमा सरुवा गरिएको छ । साढे ३३ किलो सुनकाण्डको अनुसन्धान भईरहदाँ मंगलबार मात्रै विमानस्थलबाट ३ किलो सुनसहित दुईजना विदेशी नागरिक पक्राउ परेका छन् । सिडिओको सरुवा किन गरिएको यसबारे भने गृहले खुलाएको छैन् ।

गृह मन्त्रालयका ससचिव पौडेल नेतृत्वमा गठित शक्तिशाली छानविन समितिले सुन तस्करीबारे पत्रकार सम्मेलन मार्फत नै अनुसन्धान प्रभावकारी भएको दाबी गर्दै तस्करीका घटनाहरु निमिट्यान्न भएको बताएपनि दैनिक अन्र्तरारिष्ट्रय विमानस्थल, थानकोट नाका, विरगञ्ज भञ्सार, विर्तामोड भन्सार लगायत देशका विभिन्न ठाउँबाट प्रहरीले तस्करहरु पक्राउ गरेका समाचार बनिरहेका छन् ।

आज गृह मन्त्रालयले अनुसन्धान अधिकृतहरुलाई सरुवा गरेपनि महत्वपूर्ण जिम्मेवारी नै दिएकाले तस्कारीका घटनामा अmभ प्रभाव पर्ने देखिएको छ । सुन तस्करीको घटना अन्तर्राष्ट्रियस्तरमै चर्चाको बिषय बनेर ३ दर्जन बढी मानिसहरु कस्टडीमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली अनुसन्धानसँग रुष्ट भएका कारण तत्कालका लागि अनुसन्धान प्रक्रिया रोकिएको छ ।

सुन तस्करीको जालो व्यापक भएको प्रमाणित भएर सधैका लागि हटाउनुपर्ने भएपनि सुरक्षा निकायका जिम्मेवार व्यक्तीहरु नै तस्करीको अनुुसन्धानको घेरामा आउनुले निष्पक्ष छानविन हुने र अपराधीलाइ कडा कारवाही हुनेमा संसय उत्पन्न भएको छ ।

हेर्नुहोस् सरुवा सिडिओको विवरणः-