राजनीति

गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षविहिन, केसीलाई जुनसुकै बेला तलमाथि हुन सक्ने

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसी बीचको वार्ता निष्कर्षविहिन बनेको छ । सरकार गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको भन्दै केसी पक्षको वार्ता टोलीले जनाएको हो । चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने केसी पक्षले जनाएको छ ।

नेकपा उपनेता सुवास नेम्वाङको पहलमा शिक्षा मन्त्रालयमा भएको वार्ता असफल भएपछि केसी समर्थक निरास बनेका छन् । केसीको स्वास्थ्य अवस्था गम्भीर बनिरहेका बेला सरकारको वार्ताप्रतिको उदासिनतामा केसी पक्षले आक्रोस व्यक्त गरेका छन् ।

पार्टी उपनेता नेम्वाङको पहलमा केसी र सरकाबीचको संवादहीनता तोडिएको थियो । वार्ताका लागि निर्णायक पहल गरेका उपनेता सुवास नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटा र प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

यता गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनिरहेका बेला वार्ता निष्कर्षविहिन बन्नु दुःखद हो ।