राजनीति

भोटेको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि भैरुङ्ग धर्चे भोटेको निधनप्रति दुःख व्यक्त गरेको छ । संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा नं. २ का नेपाली कांग्रेसका पूर्व जिल्ला विकास समितिका सभापति समेत रहेका भोटेको निधनले पार्टीमा अपुरणी क्षती पुगेको भन्दै दुःख प्रकट गरको हो ।

भोटेको ७३ वर्षको उमेरमा बुधबार बिहान उपचारका क्रममा भेनस अस्पताल वानेश्वर निधन भएको छ । स्वर्गीय भोटेले लोकतन्त्र पुनस्थार्पना र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको श्रीमति, तीन छोरा र तीन छोरी छन् ।