राजनीति

कानुनमन्त्री पछि गगन थापा निशानामा, भिडियो बन्दैँछ भाइरल ? आखिर के भनेका थिए ? (हेर्नुहोस् भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा अहिले सामाजिक सञ्जालको निशाना बनिरहेका छन् । बंगलादेशमा पढ्ने ९० प्रतिशत डाक्टरले सर्टिफिकेट किनेर ल्याउँछन भन्ने अभिव्यक्ती अहिले सामाजिक सञ्जालमा भाईरल बनिरहेको हो ।

उनले एक कार्यक्रममा गरेको भाषणमा बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्कने ९० प्रतिशत विद्यार्थीले सर्टिफिकेट किनेर ल्याउने गरेको गम्भीर आरोप लगाएका छन ।

गोविन्द केसी पक्षको आन्दोलनमा सरिक नेता थापाले सडकमा भाषण गर्दै बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थीमाथि विना प्रमाण धावा बोलेको भनि उनको चर्को आलोचना भईरहेको छ । गगन थापाको चर्को आलोचना भईरहदाँ समर्थकले उनको बचाउ गरिरहेका छन् ।

यसअघि बंगलादेशमा पढ्ने विद्यार्थी माथि धावा बोल्ने कानुनमन्त्री शेरबहादुर तामाङले चौतर्फी आलोचना पछि मंगलबार राजीनामा दिएका छन् ।

त्यस्तै व्यवसायी दुर्गा प्रसाइको पनि चर्को आलोचना भैरहेको छ ।