समाचार

आफ्नो उमेर हदप्रति लक्षित समाचारप्रति बामदेवले औँला उठाए !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफ्नो उमेर हद लक्षित मिाडियामा आएका समाचारप्रति औँला उठाएका छन् । एक विज्ञप्ती जारी गर्दै केही दिनमा प्रकाशित हुने पार्टीको विधान र पार्टी सञ्चालनसम्बन्धी कार्यविधिबारे उमेरसँग जोडेर आएका समाचारहरु आपत्ती जनाएका हुन् ।

प्रेश संयोजक विश्वमणि सुवेदीले बुधबार एक विज्ञप्तिमार्फत नेता गौतमबारे प्रकाशमा आएका समाचारलाई कपोलकल्पित र भ्रामक समाचारको संज्ञा दिएका छन् ।

‘तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएपछि दुबै पार्टीका विधान र कार्यविधिलाई आधार मान्दै पार्टीको नयाँ विधान तयार भएको हो । विधानहरु तयार पार्ने क्रममा मस्यौदा कमिटी, पुनरावलोकन गर्ने कार्यदलहरु बनेका थिए ।, विज्ञप्तिमा भनिएको छ, तर, समाचारमा तत्कालिन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउने प्रयोजनका लागि वामदेव गौतमले विभिन्न नेतासँग साँठगाँठ गरेकाजस्ता भ्रामक र कपोलकल्पित समाचार आएका छन् । पार्टी कामका सन्दर्भमा व्यक्तिगत भूमिका वा कुनै किसिमको माग दावी उहाँले प्रस्तुत गर्नुभएको छैन ’ ।

‘वरियता निर्धारणदेखि उमेर हद कायम गर्नेसम्मका विषयमा उहाँको कुनै संलग्नता नभएको यथार्थलाई लुकाउँदै एउटा नेतालाई ‘पदलोलुप’ नेताका रुपमा प्रस्तुत गरिनु दुराशयपूर्ण विषय हो । कम्युनिष्ट पार्टीमा काम गर्नका लागि कहीँ पनि उमेरको हदबन्दी लगाउने गरिएको छैन । तत्कालिन (माओवादी केन्द्र) को विधानमा त्यस्तो विषय उल्लेख थिएन ।’ विज्ञप्तिमा अघि भनिएको छ ।

विभिन्न सञ्चारमाध्यमले पार्टीको नयाँ विधानमा यसअघिको ७० वर्षे उमेरहद हटाउन नेता गौतम लागि परेको भन्ने समाचारहरु प्रकाशन तथा प्रसारण गरेका थिए ।

प्रेस विज्ञप्ति:-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र पार्टी सञ्चालन सम्बन्धी कार्यविधि पार्टीबाट अनुमोदन भई प्रकाशनमा गएको छ । पार्टीले हालसम्म ती दस्तावेजहरु सार्वजनिक गरेको छैन । तर, विभिन्न सञ्चारमाध्यममा विधानका धाराहरु उल्लेख गर्दै त्यसमा रहेका कार्यकाल, उमेरजस्ता विषय भनी समाचार प्रकाशन÷प्रशारण गर्ने क्रम देखिएको छ ।
विशेषतः पार्टीका केन्द्रीय सचिवालय सदस्य क.वामदेव गौतमको उमेरसँग सम्बन्धित विषयमा आधारित भएर त्यस्ता समाचार आउने क्रम देखिएको छ । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएपछि दुबै पार्टीका विधान र कार्यविधिलाई आधार मान्दै पार्टीको नयाँ विधान तयार भएको हो । विधानहरु तयार पार्ने क्रममा मस्यौदा कमिटी, पुनरावलोकन गर्ने कार्यदलहरु बनेका थिए । तर, समाचारमा तत्कालिन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउने प्रयोजनका लागि क.वामदेव गौतमले विभिन्न नेतासँग साँठगाँठ गरेकाजस्ता भ्रामक र कपोलकल्पित समाचार आएका छन् । पार्टी कामका सन्दर्भमा व्यक्तिगत भूमिका वा कुनै किसिमको माग दावी उहाँले प्रस्तुत गर्नुभएको छैन । पार्टीले जे–जे जिम्मेवारी र भूमिका तय गर्छ, त्यसअनुरुप काम गर्न तयार भएर उहाँ हाल वरियताको पाँचौ स्थानमा रहनुभएको हो । वरियता निर्धारणदेखि उमेर हद कायम गर्नेसम्मका विषयमा उहाँको कुनै संलग्नता नभएको यथार्थलाई लुकाउँदै एउटा नेतालाई ‘पदलोलुप’ नेताका रुपमा प्रस्तुत गरिनु दुराशयपूर्ण विषय हो । कम्युनिष्ट पार्टीमा काम गर्नका लागि कहीँ पनि उमेरको हदबन्दी लगाउने गरिएको छैन । तत्कालिन (माओवादी केन्द्र) को विधानमा त्यस्तो विषय उल्लेख थिएन । तर, तत्कालिन नेकपा (एमाले) को विधानमा रहेको सो व्यवस्था व्यवहारिक नहुने बहस पार्टी एकतापूर्व नै चलिरहेको थियो । एकीकृत पार्टीको विधान तयार पार्ने क्रममा उमेर हदका कुराहरु आएका थिएनन् । क.वामदेव गौतम पार्टीले दिएका जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने, तर नतोकिएका कामहरुमा हस्ताक्षेप नगर्ने कार्यशैलीका व्यक्ति हुनुहुन्छ । यो यथार्थलाई लुकाउँदै आइरहेका विभिन्न समाचार, टिप्पणी र अतिरञ्जित तवरका प्रचारशैली बन्द गर्न सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा अनुरोध गर्दछु ।

(विश्वमणि सुवेदी)
उपाध्यक्ष, प्रेस चौतारी नेपाल
केन्द्रीय कमिटी
२०७५।०४।०९