राजनीति

कांग्रेस महामन्त्रीले सरकारलाई दिए अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले सरकारको निरङ्कुशप्रवृतिका विरुद्ध उत्रन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

बुधबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा महामन्त्री कोईरालाले सरकारले नागरिकमाथि गरेको ज्यादती, दादागिरीलाई रोक्नका लागि सबै एकजुट हुन भनेका हुन् ।

केही दिन अगाडी तरुण दलका नेता कार्यकर्तामाथि भएको सरकारी दमन स्मरण गर्दै उनले सरकार पञ्चायतकालिन शैलीमा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् । उनले सञ्चारकर्मीलाई सरकारको यो सर्वसत्तावादविरुद्ध कलम चलाउन आग्रह गरेका छन् ।

सबै नागरिक एकजुट भईसकेको भन्दै उनले सरकारलाई आफ्नो दायरा ननाघ्न चेतावनी दिएका छन् ।