समाचार

सुवास नेम्वाङको पहलमा सुरु भएको सरकार र गोविन्द केसीबीचको वार्ता यसरी अगाडी बढ्दैँछ !

काठमाडौं । मंगलबारदेखि सुरु भएको सरकार र अनसनरत डा गोविन्द केसीबीच वार्ता बुधबार पुनः सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका उपनेता सुवास चन्द्र नेम्वाङको बिशेष पहलमा मंगलबादेखि वार्ता सुरु भएको हो ।

पार्टी उपनेता नेम्वाङको पहलमा केसी र सरकाबीचको संवादहीनता तोडिएको थियो । मंगलबार चिकित्सा शिक्षा लगायत बुदाँमा सहमती जुटेको छ । वार्ता सकारात्मक रुपमा अगाडी बढेको सरकारी स्रोतले बतायो ।

वार्ताका लागि निर्णायक पहल गरेका उपनेता सुवास नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटा र प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

दुई पक्षबीचको छलफलमा विधेयकबाट प्रमुख बिषयहरु हटाईएका छन् । हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायत छन् ।

केसी पक्षले चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने अडान छाडेपछि वार्ताको माहोल सिर्जना भएको हो ।