समाचार

अहिले कहीबेरमा सरकारका प्रतिनिधि र केसीपक्षबीच यसरी हुंदैछ वार्ता, अनशन तोड्ने सम्भाबना

काठमाडौँ । अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा मंगलबमर संवाद भएको छ, उक्त संबाद अहिलेकेहीबेरमा पुनः देहोरिने मंगलबारको वार्तामा सरकारी पक्ष र डा. केसीपक्षबीच सहमती समेत भएको छ ।
अनशनरत चिकित्सक डा गोविन्द केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक बनेको छ ।

दुवै पक्षबीच मंगलबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केसीले उठाएको मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको जनाइएको छ ।

बुधबार बिहान पुनः बैठक बसी बाँकी विषयमा समझदारी जुटाउने सहमति भएको सरकारी वार्ता टोली संयोजक खगराज बराल र केसीका तर्फबाट वार्ता टोली संयोजक डा अभिषेकराज सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक गृहकार्यका लागी सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार संवाद प्रक्रिया गरेका थिए ।

उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गरे । उनले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गरेका थिए ।

नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफल अत्यन्त सकारात्मक बनेको नेता नेम्वाङले जानकारी दिए ।

“डा केसीका मागलाई कसरी टुंगोमा पु¥याउने भन्नेबारे सम्बन्धित पक्षसँग विभिन्न चरणमा छलफल भएको छ, सरकारी वार्ता टोलीले यो विषयलाई लचकताका साथ टुंगोमा पु¥याउँछ, हामी बाहिर जो जहाँ छौँ सबैले सहयोग गरौँ भन्ने आग्रह गरियो”–उनले भने ।

नेता नेम्वाङले संविधान, कानून र स्थापित अभ्यासलाई भत्कन नदिन संसद्मा दर्ता भएको विधेयक उपर छलफल, समायोजन र परिमार्जन गरी डा केसीका मागमा लचिलो ढंगले सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता दिलाएका थिए।

सरकारको उक्त धारणाप्रति डा केसी पक्षका वार्ता टोलीले सकारात्मक प्रतिक्रिया जनाउँदै विधेयकमाथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो ।

“हिजो विधेयक नै फिर्ता लिनुपर्ने अडानमा रहेको डा केसी पक्षको छलफलमा विधेयकलाई समायोजन परिमार्जन गरेर जान सहमत हुनु सकारात्मक प्रगति हो,”–नेता नेङवाङले भने ।

उनले डा केसी पक्षसँग भएको छलफललगत्तै सरकारी वार्ता टोलीलाई संसदीय दलको कार्यालयमै बोलाएर छलफलमा उठेका विषय र योजनाबारे जानकारी गराएको र सोही आधारमा सरकार र केसी पक्षबीच वार्ताले सार्थकता पाउनेमा विश्वास व्यक्त गरे ।

यसअघि दिउँसो नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग डा केसी पक्षसँग भएको छलफल र अनसन कसरी सुल्झाउन सकिन्न भनेर ‘ब्रिफिङ’ गरेका थिए ।

यसैबीच प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष दहालले मंगलबार दिउँसो डा केसीका माग सम्बोधनबारे माथेमा र डा बाँस्कोटालाई बालुवाटारमै बोलाएर चिकित्सा शिक्षाको सुधारबारे छलफल गरेका थिए ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २६ दिनदेखि अनशनमा छन् ।