राजनीति

मंगलबार पनि तरुण दलको ब्यापक प्रदर्शन, प्रहरी हस्तक्षेप गर्न डरायो

काठमाडौँ । प्रा डा गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो ।

आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए।

नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर लिल्ला सभापति दुर्लभ थापालगायतले प्रा. डा केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए ।

तरुण दलको शनिबारको बिरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुंदा केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत सहित ४ दर्जन भन्दा बढी तरुण लगायत काँग्रेस नेता कार्यकर्ता घाईते भएका थिए ।
उक्त शनिार भएको तरुण दल बिरुद्धको प्रहरी दमनपश्चात तरुण दल ओली सरकारसंग थप बिच्किएको छ । आजको प्रदर्शनमा भने गृहप्रशासन तरुण दलको प्रदर्शनलाई रोक्न डराएको देखिएको छ । प्रहरी परिचालन भन ओली सरकारले ब्यापक रुपमा गरेको थियो ।

 अध्यक्ष बस्नेतले एक दुई लाठी हानेर तरुण दललाई तर्साउन खोजेर तरुण दल नडराउने कुरा प्रधनमन्त्रीले बुझ्न आग्रह गरे भने उनले गोबिन्द केसीका माग पुरा नगरे देशमा तरुण दलले ओली सरकारका बिरुद्धमा अझै कडा रुपमा प्रशतुत हुने दिन आउने चेतावनी समेत सरकारलाई दिएका छन् ।

तस्विर आफैं बोल्छन्