पु.समाचार

सरकार र गोविन्द केसीबीचको वार्ता सुरु, सहमती होला ?

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

शिक्षा मन्त्रालयमा सुरु भएको वार्ता टोलीमा डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे छन् भने सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली सहभागी छ ।

यता सरकारले केसीको मागलाई वेवास्ता गरेको भन्दै देशव्यापी आन्दोलन चलेको छ भने उता गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ ।

नेकपाका संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङको पहलपछि वार्ता सुरु भएको सरकारी स्रोतले बतायो । वार्ताले दुवै पक्षबीच सहमती जुट्ने विश्वास गरिएको छ ।