बाग्मती

गुठी संस्थानको सदस्यमा डंगोल

काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गुठी संस्थानको सञ्चालक समिति सदस्यमा रामशरण डंगोललाई नियुक्त गरेको छ ।

काठमाडौँ महानगरपालिका–१३ कालीमाटीका डंगोललाई गुठी संस्थान ऐन, २०३३ अनुसार तीन वर्षका लागि मनोनीत गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव गोपीनाथ मैनालीका अनुसार यही साउन ६ गतेको मन्त्रिस्तरीय निर्णयले डंगोललाई उक्त पदमा मनोनीत गर्ने निर्णय गरेको थियो ।