कृषि

२८ प्रतिशत रोपाइँ बाँकी

चितवन । जिल्लामा अझै २८ प्रतिशत जमीनमा धान रोपाइँ हुनसकेको छैन । साविकको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी रामराजा पौडेलका अनुसार हालसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ ।

गतवर्ष यतिबेला झण्डै ८० प्रतिशत रोपाइँ भएको थियो । पौडेलका अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा सिञ्चित गर्ने खगेरी नहर र नारायणी लिफ्टमा पानी ढिलो छोड्दा तथा प्रर्याप्त वर्षात नहुँदा धान रोप्न ढिला भएको हो ।

जिल्लाको पूर्वी क्षेत्रमा र माडीमा ९० प्रतिशत रोपाइँ भएको छ, भने भरतपुर महानगर र इच्छाकामना गाउँपालिकामा ५५ प्रतिशत मात्र रोपाइँ भएको पौडेलले बताए । जिल्लामा २८ हजार ६ सय हेक्टरमा वर्षे धान लगाइन्छ । कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार सावित्री, राधा चार, सामामन्सुली, रामधानलगायत जातको धान लगाइन्छ ।