प्रदेश 1

नालीको पानीमा डुबेर मृत्यु

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ६ कन्समडान नजीकै नालीको पानीमा डुबेर स्थानीयवासी राजकुमार उराँवका डेढवर्षीय छोरा आर्यनको मृत्यु भएको छ ।

घर नजीकै सडकको पेटीमा रहेको नालीमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको बताइएको छ ।