पु.समाचार

कानुनमन्त्रीद्वारा रुदैँ राजीनामा, प्रधानमन्त्रीलाइ दिए धन्यवाद

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भावुक हुदैँ राजीनामा दिएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले राजिनामा दिएका हुन् । राजिनामा घोषणा गरेपछि मन्त्री तामाङ्ले प्रधानमन्त्री केपी शर्मा ओली, सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिएका थिए ।

राजिना दिदैँ गर्दा उनका आखा रसाएका थिए । उनले आफ्नो चार महिने कार्यकालमा गरेका कामको चर्चा गरेका थिए । राजिनामा पछि पत्रकारहरुलाई प्रतिक्रिया दिदैँ धमिलो पानीमा माछा मारेर सरकारलाई असफल पार्न खोज्नेका विरुद्ध आफ्नो राजिनामा भएको उनले बताए ।

केही दिन अगाडी बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन शरिर बेच्ने गरेको अभिव्यक्ती दिएका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।