लुम्बिनी

नेपालगञ्ज राजपत्र सार्वजनिक

खजुरा, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले आज राजपत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराज र नन्दलाल रोकाय, जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव र नगर प्रमुख डा. धवलशम्शेर जबराले संयुक्त रुपमा राजपत्र सार्वजनिक गरे ।

त्यस अवसरमा सांसद गहतराजले संघीय पुनसंरचनामा अधिकारसम्पन्न तीन सरकारका कानून र प्रक्रिया फरक भए पनि नेपालको मूल कानूनअनुसार नै अघि जाने बताए ।

स्थानीय तहमा देखिएका समस्यालाई अब तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उनले आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

सो राजपत्रमा भाग एकअन्तर्गत आर्थिक ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, विनियोजन ऐन, सहकारी ऐन, प्रशासनिक कार्यविधि ऐन, कृषि व्यवसाय प्रबद्र्धन ऐन, न्यायिक समिति कार्यविधि ऐन र भाग २ मा १६ नियमावली, कार्यविधि, निर्देशिका र आचारसंहिता रहेको उपप्रमुख उमा थापा मगरले बताए ।

त्यस अवसरमा विभिन्न क्षेत्र निकाय र तहबाट विशेष योगदान पु¥याएका करीब २५ व्यक्ति तथा संस्थालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।