प्रवास

दुवईमा छुकीछिपी बसेका कामदारलाई खुसीको खबर (हेर्नुहोस् भिडियो)

यूएई । अवैध रुपमा काम गर्दै आएका विदेशी नागरिकलाई दुवइले घर फर्कन अवसर दिएको छ । दुवई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई वैधानिक बन्ने अवसर दिएको हो ।

सोमबार पत्रकार सम्मलेन गरी विदेशमामिला सम्बन्धी त्यहाँको सरकारी निकायले आउदोँ अगष्ट १ तारिखदेखि एम्नेष्टी जारी गर्ने बताएको छ । सो पत्रकार सम्मलेनमा जानकारी गराइएअनुसार गैरकानुनी कामदारले वैध हुने वा विना जरिवाना दुवइ छोड्नुपर्नेछ ।

स्वदेश फर्किन चाहने कामदारलाई कुनै जरिवाना नलाग्ने दुवई सरकारले बताएको छ । भिसा वा पासपोर्टको म्याद सकिएका कामदारले पाँच सय दिराम तिरी भिसा लिएर दुवइमै काम गर्न अथवा बसोबास गर्न पाउनेछन् ।

दुवइ सरकारका अनुसार अगष्ट १ देखि अक्टोबर ३१ सम्म कामदारले उत्तल अवसर पाउनेछन् ।

(हेर्नुहोस् भिडियो):-