समाचार

कानुनमन्त्रीको पद चट गर्ने भिडियो, जसलाइ पत्रकार शोभराजले कैद गरेका थिए (हेर्नुहोस् भिडियो)

काठमाडौँ । कानुन, न्याय तथा संसदिय मामिला मन्त्री शेर बहादुर तामाङले मंगलबार राजिनामा दिने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेताहरुले समेत मन्त्री तामाङको आलोचना गरेपछि सोमबार पार्टीले राजिनामा दिन निर्देशन दिएको हो ।
शुक्रबार चावहिलमा रहेको प्राक्सिस् इन्टरनेशनल एकेडेमीले आयोजना गरेको कार्यक्रममा  मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले आफ्नो शरिर बेचेर सर्टिफिकेट प्राप्त गर्ने गरेको आपत्तीजनक अभिव्यक्ती दिएका थिए । उनको उक्त अभिव्यक्तीलाइ पत्रकार शोभराज बरालले क्यामेरामा कैद गरेका थिए । उक्त भिडियो ओटिभी नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।
उक्त भिडियोमा कैद भएको अभिव्यक्तीले नै मन्त्री तामाङको पद खुस्किएको छ । यता भिडियो खिच्ने पत्रकार बरालले भने वाहीवाही पाईरहेका छन् । मन्त्री तामाङ आजै पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारीमा छन् ।
मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी समेत मागेका थिए ।  तर, चौतर्फी दन्केको आलोचनाको आगोका अगाडी उनको विज्ञप्तीको केही लागेन । अन्ततः पद नै खुस्कियो ।

  भिडियो हेर्न यहाँ   क्लीक गर्नुहोस् ।