बाग्मती

वरिष्ठ नेता पौडेल र जापनी राजदूत भेट

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोसङबीच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता पौडेल निवास बालाजुमा आज भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । भेटमा जापानले नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको राजदूत साइगोसङले बताएका थिए ।

वरिष्ठ नेता पौडेलले तनहुँको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकामा राजदूत साइगोसङलाई धन्यवाद दिए । त्यसैगरी नेपालको समृद्धिका लागि कृषि क्रान्ति ऊर्जा शक्तिको विस्तार र पर्यटनको विकास आवश्यक भएकाले यी क्षेत्रमा लगानी गर्न उनले जापानलाई आग्रहसमेत गरेका थिए ।