राजनीति

वरिष्ठ नेता शाहले प्रधामन्त्रीलाइ भनेः जनचाहनालाइ लात नहान्नुस्, भोली जनताले तपाइलाइ लात हान्नेछन

काठमाडौं । नेपाल विद्यार्थी संघका वरिष्ठ नेता नेता ऋषिकेश जंग शाहले देशलाई एकतामा बाधेर समृद्धिको दिशामा सहकार्य गरेर अगाडि बढ्न अपिल गरेका छन् । गोबिन्द केसीको माग जायज भएको भन्दै सो मागमा सरकारले दुई तिहाइको दम्भ भन्दा पनि जनताको जनचाहना बुझ्नु पर्ने उनको तर्क रहेको छ।

‘देशले अहिले बिकाश र समृद्धिको चाहना गरेको छ तपाईले बाचा पनि त्यही गरेर आऊनु भएको हो । युवा नेता शाहले भने, यो महाभियानलाई पुरा गर्न राष्ट्रिय एकता र शान्ति मेलमिलापको आबस्यकता छ । ’

युवा नेता शाहले अनाबास्यक रुपमा देश टकराव तीर जादै गरेको र सरकार जनचाहना कुलचेर दम्भी बन्दै गएको आभाश देशलाई हुन थालेको पनि उनले बताए।

सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अघि भने, प्रधानमन्त्री ज्यू, ‘देउवा सरकारले डा गोबिन्द केसी को मागलाई देशको माग स्वीकार गरेर सम्झौता गरी विधेक पारित गरेको हो । माथेमा आयोगको सिफ़ारिश सरकारले गठन गरेको वैधानिक आयोगको सिफ़ारिश हो । त्यसैले त्यो जनताको चाहना हो । त्यो चाहानालाई तपाईले लात हाने भोलिका दिनमा तपाईंलाई जनताले जवाफ दिनेछन् ।’