सामाजिक सञ्जाल

प्रधानमन्त्रीलाई कठारो समाएर वालुवाटारबाट निकाल्ने हिम्मत छ -तरुण दल नेतृ शाह (आचार्य)

काठमाण्डौ । शनिबार भएको नेपाल तरुण दलको ओली सरकार बिरुद्धको नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलको बिरो प्रदर्शनमा एउटा फोटो भाईरल बन्यो । उक्त फोटोमा नेपाल तरुण दलकी पुर्ब केन्द्रीय सदस्य सरस्वती शाहले नेपाल प्रहरीको एक डीएसपीलाई हात नै लगाएर चेतावनी दिएको फोटो छ ।

उक्त फोटो सामाजिक सञ्जाल लगायत राष्ट्रियस्तरका मीडियामा भाइरल बनेपछि बिभिन्न ब्यक्तीहरुको बिभिन्न प्रकारका प्रतिकृयाहरु आएका छन् कसैले उक्त फोटो देखेपछि साहसी महिलाको संज्ञा दिएका छन्, भने कसैले सुरक्षा दिन बसेको प्रहरीमाथी जिम्मेवार मानछेले यसो गर्नु गलत भएको प्रतिकृया दिएका छन् ।

यसैबीच उक्त आन्दोलनमा सकृयता देखिएकी शाहले बिरोध गर्नेहरुलाई झड्का हुनेगरी यसो भनीन्, “यो मेरो फोटोमा कम्यूनिष्टका केही भरौटेहरुले नचाहीदो शब्द लेखी पोष्ट गरेकाछन । म तेस्ता मन्दबुद्दि भएकाहरु संग मुख त लाग्दिन तर यति चैं अवश्य भन्न चाहन्छु । सुरक्षाकर्मि के हुन उनिहरुको काम कर्तव्य के हो र मैले पनि कति ठाउँमा गर्नु पर्ने सहयोग गरेको छु त्यो तिमीहरुले भुक्नु पर्दैन ।

अर्को कुरा सान्तिपुर्ण आन्दोलनको बेला जनताको टाउको फुटाउने गोली हान्ने हातखुट्टा भाच्ने जनतामाथी दमन गर्ने सुरक्षाकर्मी त के तिमीहरुको टुक्के बा ओलीको पनि कठालो समाएर बालुवाटार बाहिर गर्ने हिम्मत पनि छ चेतना भया। जयनेपाल ।”