राजनीति

शेरबहादुर तामाङको मन्त्री पद खोसियो, संसदबाट पनि राजीनामा दिने कि !

काठमाण्डौ । नेकपाले कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग गरेपछि उनले आज राजीनामा दिने कार्यक्रको तयारी रहेको बताईएको छ ।

बंगालादेशमा अध्ययन गर्न जाने छात्राहरुको बिषयमा आपत्तीजनक अभिब्यक्ती दिने मन्त्री तामाङले उक्त भनाईप्रति माफी मागेपनि उनलाई प्रधानमन्त्ती तथा नेकपाका अधयक्ष केपी शार्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहालले राजीनामा दिन आग्रह गरेपछि मन्त्री पद त्याग्न तयार रहेको बताईएको छ । मन्त्री तामाङले मन्त्री पदबाट राजीनामा नदिए प्रधानमन्त्री ओलीले पदबाट बर्खास्तगी गर्ने कुराको अध्यक्ष दहालसंग आन्तरिक समझदारी रहेको स्रोतको दाबी छ ।

आज मन्त्री तामाङले मन्त्रीपदबाट पत्रकार सम्मेलन गर्दै राजनीनामा दिएपनि उनी प्रतिनिधि सभा निर्बाचनमा सिँधुपाल्चौकबाट निर्बाचित भएको साँसद पदभने रहनेछ । नागरिक समाजबाट तामाङको साँसद पद समेत खारेजी हुनुपर्ने माग उठ्दै आएको छ ।

जनताको प्रतिनिधि भएर निर्बाचनमा बिजय हाँसिल गरेका मन्त्री तामाङले गल्ती स्विकारेर मनत्ती पदबाट राजीनामा दिएपछि संसद पदमा समेत एक मीनट बस्न नमिल्ने भएपनि उक्त पद उनले छाडेका छैनन् ।