पर्यटन/संस्कृति

शंकराचार्य परम्परा !

काठमाडौं । नारायणं पद्मभवं वशिष्ठं शक्तिञ्च तत् पुत्र पराशरम् च।

        व्यासं शुकं गौड पदं महान्तं गोविन्द योगीन्द्रमथाशिशिष्यम् ।
       श्री शंकराचार्य मथास्यपदम् पादं च हस्तामलकं च शिष्यम्
      तं त्रोटकं वार्तिक कार्यमन्यानस्मत् गुरुन् संततमानतोस्मि ।।

अर्थात्, भगवान् नारायणबाट सुरुभएको गुरुशिष्य परम्परा ब्रह्मा जी,वशिष्ठहुदै उनका सन्तती परम्परामा पुगी शक्ति ,शक्तिका पुत्र पराशर,पराशरका पुत्र व्यास ,व्यासका पुत्र शुकदेवसम्मा अाईपुग्दा वशिष्ठ सन्ततिभित्र र त्यसपश्चात शुकदेवका शिष्य गौडपाद ,गौडपादका शिष्य गोविन्दपाद र गोविन्दपादका शिष्य अादि गुरु शंकराचार्य सम्म यसरी गुरुशिष्य परम्परा अाएको भेटिन्छ त्यसपश्चात पृथ्वीमा बौद्धदर्शन र धर्मको प्रचारप्रसार चरमोत्कर्षमा पुगेको थियो त्यसबखतमा वैदिक सनातन धर्मनै सकिन भयो भनेर स्वयं भगवान् शिव शंकराचार्यका रुपमा अवतरीत् भएको कुरा शिव पुराणमा भेट्टिन्छ । शंकराचार्यले धर्मस्थापना र धर्मप्रचारप्रसारका निमित्त चारदिशामा चारवेदको प्रतिकका रुपमा स्थापना गरि अाफ्ना शिष्यहरु क्रमशः लाई नियुक्त गरि शंकराचार्य परम्पराको सुरुवात गरेको पाईन्छ ।

सुशान्त आचार्य

१.गोवर्द्धन मठ,पुरी ,उडिशा
वेद:ऋग्वेद
दिशा:पूर्व
प्रथम शंकराचार्य : हस्तामलकाचार्य
वर्तमान शंकराचार्य :निश्चलानन्द सरस्वती
वाक्य : प्रज्ञानं ब्रह्म

२. शारदा मठ
दिशा: पश्चिम
वेद:सामवेद
प्रथम शंकराचार्य: पद्मपादाचार्य
वर्तमान शंकराचार्य: स्वरुपानन्द सरस्वती
वाक्य: तत्वमसि

३. ज्योतिर्मठ
दिशा: उत्तर
वेद: अथर्व वेद
प्रथमशंकराचार्य : तोटकाचार्य
वर्तमान शंकराचार्य: वाशुदेवानन्द सरस्वती
वाक्य : अयमात्मा ब्रह्मा

४.शृङ्गेरी मठ
दिशा:दक्षिण
वेद:यजुर्वेद
प्रथम शंकराचार्य : सुरेश्वराचार्य
वर्तमान शंकराचार्य : भारती तिर्थ
वाक्य: अहं ब्रह्मास्मि
शंकराचार्य परम्परा भनेकै शिव परम्परा हो भन्नुहुन्छ विद्वान् हरु ।

कस्ता व्यक्ति शंकराचार्य हुन्छन् ?
अाद्य गुरु शंकराचार्यले अाफ्नो परम्परालाई चिरजीवि बनाउनका निमित्त मठले पालना गर्नुपर्ने सिद्धान्तका रुपमा मठाम्नाय ग्रन्थको रचना गर्नु भएको छ ।मठाम्नायको सिद्धान्त पालना गर्ने व्यक्ति मात्र शंकराचार्य बन्न सक्छ ।

शंकराचार्य बन्न के-के हुनुपर्छ ?
जो नैष्ठिक ब्रह्मचार्यमा बसेको हुन्छ ,जसले शंकराचार्य परम्पराकै गरुसग सन्यास दीक्षा ग्रहण गरेको हुनुपर्छ ।
जसले प्रस्थानत्रयी( श्रीमद्भागवत गिता,उपनीषद्,ब्रह्मसूत्र) मजैले अध्ययन गरेको हुनुपर्छ ।प्रस्थानत्रयी अध्ययन गरेर अरुलाईनि पारङ्गत गराउन सक्नु पर्छ ।गुरुकुलमा वसेर प्रस्थानत्रयी २५वर्षको उमेरसम्म दैनिकी भाष्य (शंकराचार्यद्वाराविलिखित) अविछिन्न अध्ययन गरेको हुनुपर्छ ।अखण्ड ब्रह्मचर्यको धर्म निर्वाह गरेको हुनुपर्छ । दण्ड ग्रहण गरेर दण्डि स्वामी हुनुपर्छ ।खण्डनखण्डखाद्य ,सितसुखीविवरण प्रमेय संग्रह जस्ता ग्रन्थमा पनि निपुण रहेको हुनुपर्ने ।

महिला शंकराचार्य
हालसम्म कुनैपनि महिला अाद्य गरु शंकराचार्यले बसाल्नु भएको परम्परा अनुसार शंकराचार्य भएको भेट्टिन्न ।
यसकारण अयोग्य छिन् हेमानन्द गिरी शंकराचार्य बन्न

१. उहाँले गुरुकुलमा बसेर २५बर्षको उमेर सम्म प्रस्थानत्रयी अविछिन्न रुपमा अध्ययन गर्नुभएको छैन जुन समयको सिमा छ त्यस समयमा उहाँ राजनितीमा रुमलिदै हुनुहुन्थ्यो ।

२.  अाफै प्रस्थानत्रयीमा पारङ्गत हुनुहुन्न उहँ कसरी अरुलाई पारङ्गत बनाउन सक्नुहुन्छ ।

३.अखण्ड ब्रह्मचर्यको कुरा छ उहाँ विवाहित हुनुभएर डिभोर्स गरेको महिला हुनुहुदो रहेछ । (नाम नलेख्ने सर्तमा मोरङ पथरी शनिश्चरेका एक व्यक्तिले भन्नुभएको )

४. उहाँले जुन परम्पराबाट सन्यास लिनु भएको रहेछ त्यो परम्परामा ईक्षित दण्ड ग्रहण गरेर त्याग गरेको पाईन्छ ।दण्डनै ग्रहण नगरीकन उहाँ कसरी शंकराचार्य बन्नु भयो ।

मानौ उहाँले दण्डनै ग्रहण गर्नुभयो ,दण्डग्रहण गरेको दण्डी स्वामी नारायणतुल्य हुन्छ रजस्वला भएको व्यक्ति पूजित नहुने कुरा शास्त्रीय मान्यतामम रहेको छ अतः स्वयंघोषित शंकराचार्यलाई कसरी मान्ने।

अाचरण तपस्या पूर्णभएर पुत्रैषणा, वित्तैषणा, लोकैषणा भन्ने भावनाले अघि सरेको स्वयंघोषित शंकराचार्यलाई कसरी ढोग्ने ??मनन गरौ त एकपटक ।

गेरुवा वस्त्र लगाएर भस्म लगाउदैमा अाफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्ति शाङ्कर परम्परामा निन्दनीय छ ।

उहाँलाई सुरुमा उत्तराखण्डको ज्योतर्मठको शंकराचार्यको प्रतिस्पर्धीका रुपमा प्रचारप्रसार गराईयो अन्त्यमा पशुपति मठको शंकराचार्यको नाम बाट शंकराचार्य बनाईयो यो कुन मठपट्टिको दृष्टिकोण हो समयमा नै विचार पुर्याउन सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउन चाहान्छु ।