आर्थिक

एनसीसी र गुराँश लाईफबीच बैंंकाएस्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र गुराँश लाईफ इन्स्योरेन्स कम्पनि बीच बैंंकाएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सोमबार सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स कम्पनिको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स कम्पनिका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरे ।