राजनीति

७७ वटै जिल्लामा ओली सरकारविरुद्ध महिला संघ उत्रदैँ, कानुनमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं । बंगलादेशमा एमबीबीएस अध्ययन गर्न गएका छात्राहरुको सन्दर्भमा कानूनमन्त्री शेर बहादुर तामाङले दिएको अभिव्यक्तीको नेपाल महिला संघ गम्भीर आपत्ती जनाएको । मन्त्री जस्तो गरिमामय पदको जिम्मेवारी वहन गरेका मन्त्री तामाङ्गले छात्राहरुको अस्मितामा आँच पुग्ने गरी दिएको अभिव्यक्ती दिएको भन्दै तत्काल उनको राजिनामा माग गरेको हो ।

‘मन्त्रीले विना कुनै प्रमाण हचुवाको भरमा “वंगलादेशमा डाक्टर पढ्न गएका छात्राहरुले शरिर बेचेर मात्र सर्टिफिकेट ल्याउँछन्” भनि सार्वजनिक कार्यक्रममा प्रत्यक्ष रुपमा नै दिएको अत्यन्त अमानवीय, क्रूर र व्यभिचारी अभिव्यक्तिले लामो समयदेखि बंगलादेश र नेपालबीच रहेको मैत्रिपूर्ण सम्वन्धलाई नै प्रभावित पार्ने देखिन्छ । नेपाल महिला संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, यसको जिम्मेवारी ओली सरकारले लिनुपर्ने छ । मन्त्री हुँदैमा नेपाली चेलीहरुको चरित्रमा धावा बोल्ने छुट कसैलाई पनि छैन । ’

मन्त्रीले दिएको अभिव्यक्ती प्रति महिला संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै अभिव्यक्तीको घोर भत्र्सना गरेको छ ।

‘मन्त्रीको दम्भ र घमण्डले उन्माद भएर आफ्नो पदीय दायित्वलाई ख्यालै नगरी मनपरी बोल्ने यस्ता मन्त्रीको तत्काल वर्खास्तीको नेपाल महिला संघ जोडदार माग गर्दछ ।, संघका अध्यक्ष उमा रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तीमा अघ भनिएको छ, नेपाल महिला संघ साथै, उनकै मतियार प्रस्तावित वि एण्ड सी मेडिकल कलेज झापाका संचालक दुर्गा प्रसाईलाई पनि कडा चेतावनीका साथ कानूनको दायरामा ल्याउनु पर्ने माग गर्दछ ।’

यसका साथै नेपाल महिला संघले चिकित्सा शास्त्र विधेयक वारेमा सरकारको अधिनायकवादी प्रवृत्तिको वारेमा, आकासिदो मंहगीको वारेमा र कानून मन्त्रीले वंगलादेशमा एमबीबीएस पढ्न गएका नेपाली छात्राहरुको अस्मितामा नै असर पर्ने गरी वोलेको विरोधमा मन्त्रीको राजिनामाको माग गर्दै ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्ने निर्णय र निर्देशन दिइसकेको छ ।