कर्णाली प्रदेश

प्रधानसेनापति क्षत्रीद्वारा नवनिर्मित अस्पतालको उद्घाटन

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमता युक्त सैनिक अस्पतालको उद्घाटन गरेका छन् ।

२०७४ बैशाख ३ गतेबाट १४ रोपनी ८ आना क्षेत्रफलमा भवन निर्माण शुभारम्भ गरिएकोे यस अस्पतालमा हाल जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरु संचालन गरिनुको साथै एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गर्दै लगिने योजना रहेको छ ।

सोही क्रममा क्षत्रीले आजै बांके जिल्लामा तैनाथ श्रीमेहर गण, ऐ. जिल्लामा तैनाथ नंं.४ बाहिनी अड्डा तथा डोटी जिल्लामा तैनाथ सुदुर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।