समाचार

सुन कारोवारी समातिए

काठमाडौं । सुनका गहना चोरी गरेको अभियोगमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । बसन्तपुर बस्ने सर्लाहीका २२ वर्षीय आयुष कार्की र बसन्तपुर बस्ने लमजुङका २८ वर्षीय बिष्णु गुरुङलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

कार्की र गुरुङले चोरी गरेका सुनका गहना खरिद गरेको अभियोगमा काठमाडौं चावहिल बस्ने भारत कलकत्ताका ३४ वर्षीय सुनिल राउत र २२ वर्षीय खेकन मतालिकलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

साथै राउत र मतालिकसँग सस्तो मूल्यमा सुनको गहना खरिद गर्ने किलागलस्थित सुन पसलका संचालक २७ वर्षीय मनोरञ्जन मण्डललाई समेत प्रहरीले ४ तोला ८३ लालको सुनको ढिक्का, चाँदी ११ तोला ३३ लाल र नगद १ लाख ६७ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी स्युचाटारबाट साउन ४ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त बिबरण खुल्न आएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।