आर्थिक

माछापुच्छ्रे द्वारा वृक्षारोपण कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सोमबार टोखा नगरपालिका, वडा नं. २ स्थितसपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरे । माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाए ।

बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९७ वटा एटीएमहरु संचालनमा रहेको छ ।