राजनीति

शेखर कोईराला भन्छन्ः ओली सरकार लगाम विनाको घोडाजस्तै, कानुनमन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले केपी ओली नेतृत्वको सरकार लगाम विनाको घोडा जस्तै भएको टिप्पणी गरेका छन् । कार्यकर्ता भेटघाट कार्यक्रममा गुलरिया पुगेका नेता कोइरालाले वर्तमान सरकारलाई मनपरीतन्त्रमा चलेको आरोप लगाएका हुन् ।

उनले दुई तिहाइको दम्भले भरिएको ओली सरकारले आफ्नो त्यो घमण्ड नत्यागे पतन हुन समय नलाग्ने बताए ।

डा. कोइरालाले नेपाली चेलीको अस्मितामाथि धावा बोल्ने कानुनमन्त्री शेर बहादुर तामाङ्लाई तत्काल बर्खास्त गर्न समेत माग गरेका छन् । पञ्चायत, शाही र राणा शासनका विरुद्ध लडेको कांग्रेसलाई कमजोर नठान्न नेता कोइरालाको भनाई थियो ।

उनले ओली सरकारको यस्तै अवस्था रहे कांग्रेस कम्युनिष्टसँग समेत लड्न पछि नहट्ने चेतावनी दिएका छन् ।