समाचार

पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । डा. केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका थिए ।

जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गरेका डा. केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बस्नुभएका डा. केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन ।