समाचार

उपराष्ट्रपति स्वागत समारोहमा सरिक

काठमाडौँ । इजिप्टको राष्ट्रिय दिवस तथा इजिप्ट र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा आज अपराह्न ललितपुरमा स्वागत समारोह आयोजना गरियो ।

नेपालका लागि इजिप्टका राजदूत इमन मोस्तफाले आयोजना गरेका उक्त समारोहमा संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, काठमाडौँ र ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायत समाजका प्रतिष्ठत व्यक्तिहरुको उपस्थिति थियो ।

त्यस अवसरमा ‘इजिप्टका खजाना’ विषयक प्रदर्शनी पनि गरिएको थियो ।