समाचार

चारदोबाटोमा ट्रिपर जलाईयो, बनेपा तनावग्रस्त, सवरीसाधन ठप्प

काठमाडौं । काभ्रेको बनेपामा चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनापछि ट्रिपरमा आगजनी गरिएको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

बा२ख ३९३४ नम्बरको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानिय आक्रोसित बनेका छन् । धुलिखेल बनेपा सडकखण्ड अहिले ठप्प अवस्थामा छ । स्थानियको विरोधका कारण सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।