समाचार

रोटरी क्लबको पदस्थापन कार्यक्रम सम्पन्न, ठकुरीले सम्हाले अध्यक्षको कार्यभार

काठमाडौं । रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटान का फस्ट डिस्ट्रिक गभर्नर डाक्टर टिका मान वैधको प्रमुख आतिथ्यता सम्पन्न रोटरी क्लब अफ पाटन वेस्टको २३ औं तथा रोटराक्ट क्लब अफ पाटन वेस्टको १८ औं संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बिशेष अथितीको रूपमा रोटरी इन्टरनेशनलका रोटरी रिजनल फाउन्डेशन कोअर्डिनेटर बिजय जलानको उपस्थिति रहेको थियो ।

उक्त समारोहमा स्वागत मन्तब्य पुर्ब अध्यक्ष तथा बर्तमान कोषाध्यक्ष डाक्टर बिनोद बहादुर खत्रीले गरेका थिए ।

उक्त पदस्थापन कार्यक्रममा प्रमुख अतिथि डाक्टर टिका मान वैधले नब निर्वाचित अध्यक्ष सुरेन्द्र शाही ठकुरी तथा रोटराक्ट क्लब अफ पाटन वेस्टको अध्यक्ष आयुश्मा मल्ल ठकुरीलाई रोटरी कोलार माला लगाई सपथ ग्रहण गराएका थिए भने चार्टर प्रमाण पत्र रोटरी इन्टरनेशनलका रिजनल फाउन्डेशन कोअर्डिनेटर बिजय जलानले प्रदान गरेका थिए ।

उक्त समारोहमा रोटरी क्लब पाटन वेस्टका निबर्तमान अध्यक्ष वरिष्ठ अधिबक्ता चन्देश्वर श्रेष्ठ तथा रोटराक्ट क्लब पाटन वेस्टका निबर्तमान अध्यक्ष किरण पराजुलीले गाबल र गङ प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्षको सपथ ग्रहण पश्चात बर्ष २०१८÷१९ का बोर्डका पदाधिकारीहरु लाई अध्यक्ष सुरेन्द्र शाही ठकुरीले सपथ ग्रहण गराएका थिए भने रोटराक्ट क्लब अफ पाटन वेस्टको पदाधिकारीहरु लाई आयुश्मा मल्ल ठकुरीले सपथ ग्रहण गराएका थिईन।

कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपालरभुटानका पुर्ब डिस्ट्रिक गभर्नरहरु रत्न मान साक्य, तिर्थ मान साक्य, योगेन्द्र मान प्रधान, केसब कुवर, दिलेन्द्र राज श्रेष्ठ, जया राज्य लक्ष्मी शाह, निबर्तमान डिस्ट्रिक गभर्नर सन्जय गिरी , डिस्ट्रिक गभर्नर नोमीनी राजीब पोखरेल तथा बर्तमान डिस्ट्रिक गभर्नर चिन्तामनी भट्टराईको उपस्थिती रहेको थियोे ।

कार्यक्रममा ६ जना नयाँ सदस्यको परिचय पुर्ब अध्यक्ष तथा क्लब मेन्टर प्रदीप मान वैधले गरेका थिए भने सदस्यहरुलाई ईनडक्ट असिस्टेन्ट गभर्नर प्रकाश चन्द्र प्रधानले गराएका थिए ।

अध्यक्ष सुरेन्द्र शाही ठकुरीको अध्यक्षतामा गठित संचालक समितिमा निबर्तमान अध्यक्ष, वरिष्ठ अधिबक्ता चन्डेश्वर श्रेष्ठ , प्रेसिडेन्ट इलेक्ट, नरेश बिक्रम सिजापती, उपाध्यक्ष, ओम काजी साक्य, सचिब, आभास प्रधान, कोषाध्यक्ष, डाक्टर बिनोद बहादुर खत्री, सह-सचिब, शिव नारायण सिंह, सार्जेन्ट एण्ड आर्म, केशव नन्द जोशी, डाईरेक्टररचेयर क्लब एडमिनिस्ट्रेसन ( अशोक मान साक्य , डाईरेक्टररचेयर मेम्बरसीप डेभलपमेन्ट, तेज बज्र बज्रचार्य, डाईरेक्टररचेयर पब्लिक इमेज तथा ईडिटर, किर्तीनाथ मास्के, डाईरेक्टररचेयर रोटरी फाउन्डेशन, सिद्धी बहादुर साक्य, डाईरेक्टररचेयर सर्भिस प्रोजेक्ट, कृष्ण शाह, डाईरेक्टररचेयर युथ सर्भिस, मधु सुदन बिष्ट, क्लब मेन्टर तथा ट्रेनर, प्रदीप मान वैध र सल्लाहकारमा, प्रहलाद कृष्ण मानन्धर, डाक्टर मदन कुमार पिया र बिजय लाल श्रेष्ठ रहेका थिए ।

ललितपुरको अगेनो रेस्टुरेन्टमा शनिबार आयोजित भब्य समारोहमा अध्यक्ष ठकुरीको परिचय प्रेसिडेन्ट इलेक्ट पुर्ब कर्णेल नरेश बिक्रम सिजापतीले गराएका थिए ।

आफ्नो स्विकारोक्ती मन्त्ब्य राख्दै नव निर्वाचित अध्यक्ष ठकुरीले सामाजिक सेवा कार्यमा अग्रणी भूमिका खेल्दै आएको यस क्लबको २३ औ र पहिलो डिस्ट्रिक गभर्नर भएको क्लबमा सबभन्दा कान्छो अध्यक्षको रुपमा पदस्थापित हुन पाएकोमा आफुलाई गर्व महसुस भएको र अध्यक्षको हैसियतले, समुदाय र मानवताको लागि जति पनि चुनौती छन, जति पनि संभावना छ्न, त्यसका लागी मन र मस्तिष्क सधै खुल्ला राखी आफुले भ्याय सम्मको जिम्मेवारी बहन गर्ने र समाजलाई फरक फरक कोणबाट केहि न केही योगदान दिएर केही परिवर्तन बनि दिन सकिन्छ भन्दै विश्व शान्ति, मात्रु शिशु स्वास्थ, रोगहरुको उपचार र रोकथाम, आधारभूत शिक्षा र साक्षरता, सफा पानी, समाजको आर्थिक र सामाजिक विकास आदि रोटरीका मुख्य एजेन्डा भएको र बिश्वब्यापी रूपमा आज पोलियो समाप्त हुन्दै छ जस्को सम्पुर्ण श्रेय रोटरीलाई जान्दछ भन्दै रोटरीमा आवद्ध हुन आग्रह समेत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रथम डिस्ट्रिक गभर्नर तथा रोटरी क्लब अफ पाटन वेस्टका सस्थापक अध्यक्ष डा. टिकामान बैधले नव अध्यक्षलाई बधाई दिनुहुदै सफल कार्यकालको लागि शुभकामना प्रदान गर्नुभयो । उहाले रोटरी क्लबले गरेको सामाजिक कामको प्रशंसा गर्दै सामाजिक सेवामा लाग्न सबैलाई आग्रह समेत गरे । उनले क्लबको स्थापना गर्दाको दिनहरुको स्मरण गर्दै आज २३ औ अध्यक्ष चयन गर्न सफल भएकोमा खुशी समेत व्यक्त गरे ।

बिशेष अतिथिका रुपमा मुम्बईबाट यस कार्यक्रमका लागि आउनु भएका रोटरी इन्टरनेशनलका रोटरी रिजनल फाउन्डेशन कोअर्डिनेटर बिजय जलानले रोटरी इन्टरनेसनलले बिश्वमा गरेको सामाजिक सेवा बिशेष गरेर पोलीयो निराकरण लगायतको कार्य सदैव उच्च रहेको बताउदै क्लबले इन्टरनेसनल क्लब संग साझेधारी गर्दै मानबिय सेवा कार्यलाई आगाडी बढाउन सुझाए ।

करिव २ घण्टा ३० मिनेट सम्म चलेको उक्त पदस्थापना कार्यक्रममा बिभिन्न रोटरी क्लब क्लबका अध्यक्ष लगायत डिस्ट्रिकका पदाधिकारीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रममा स्वजन रघुबन्सीको क्लासिकल भैरब तथा थाली नृत्य र पाटन वेस्टका नयाँ सदस्य बिजु पन्डितको ूगोर्खाली चेली मू गीत मुख्य आकर्षण रहेको थियो ।

अन्त्यमा धन्यवाद मन्त्ब्य सचिब आभास प्रधानले राख्दै कार्यक्रम सप्पन्न भएको थियो ।